मंसिर २९, काठमाडौं । नेकपा एमालेका नेता उद्धव खरेलले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा राजधानी विशेष प्रदेश कमिटीमा खुल्ला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसँग सहयोग र समर्थनको अपिल गरेका छन् । काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका खरेलले पार्टीको विभिन्न तहमा खेलेको भूमिका, संगठन निर्माणमा दिएको योगदान र विकासप्रतिको प्रतिबद्धताका आधारमा आफू अघि बढेको स्पष्ट पारेका हुन् ।

२०५४ सालमा काठमाडौंको चपली भद्रकाली गा.वि.सको सफल अध्यक्षको परिचय बनाउका खरेल बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर प्रमुख पनि हुन । हाल बाग्मती प्रदेश कमिटी सदस्यको भुमिकामा रहेका उनि निरन्तर जनताका माझ रहन रुचाउने मान्छे हुन । उनले पञ्चायत देखि राजनीतिक यात्रा सुरु गरेको उल्लेख गर्दै पार्टीका विभिन्न संगठन र जिम्मेवारी आएका छन ।
११औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक महत्वको रहेको उल्लेख गर्दै खरेलले देश–विदेशबाट मात्रै होइन, नेपालको कम्युनिस्ट आन्दोलनप्रति चासो राख्ने विभिन्न शक्तिहरूले यसलाई नजिकबाट हेरिरहेको बताए । यस्तो संवेदनशील घडीमा पार्टीलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यले राजधानी विशेष प्रदेश कमिटीमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।