• २०८३ जेष्ठ २ गते शनिवार

छायाँनाथका नगरप्रमुख भामले गरे दाेश्राे पटक सम्पत्ति सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २९, काठमाडौं ।   मुगुको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफ्नो दाेश्राे पटक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले जिल्लामै पहिलो पटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिय ।

याे दाेश्राे पटकमा भने जेन जि समुहकाे सहकार्यमा आफ्नै कार्यकक्षमा दाेश्राे पटक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन । जसअनुसार उनीसँग १४ तोला सुन, २० तोला चाँदी, ११ लाख बैक ब्यालेन्स र नगद मौज्दात रहेको बताए । यस्तै केही ठाउँमा जग्गा समेत रहेको उल्लेख गरे ।

मुगुको साविकको कार्कीवाडा गाविसमा कित्ता नम्बर ५१ को ४२३१३ वर्ग मिटर, साविकको श्रीनगर गाविसमा कित्ता नम्बर ५ को ५५८ बर्ग मिटर, साविकको पिना गाविसमा कित्ता नम्बर ३ को ४५५८ वर्गमिटर र सुर्खेतको साविकको लाटिकोईली गाविसमा २ कित्ता ३६२ वर्गमिटर जग्गा रहेको नगर प्रमुख भामले बताए ।
छायाँनाथ रारा नगरपालिका-४ भामबाडा गाउँमा निजी निवासमा रहेको सात कोठे एउटा घर आमा लालकली भामको नाममा रहेको बताए । यस्तै गमगढी बजारमा आठ कोठाको घर पनि आमाकै नाममा रहेको उल्लेख गरे । गमगढी बजारमा रहेको ६ कोठाको घर श्रीमती अनिता रावलको नाममा रहेको र नेपालगन्जको तीन तले घर आमा लालकली भामको नाममा रहको बताए ।

नगर प्रमुख भामले यि सम्पत्तिमा आफ्नो कुनै हक दावी नलाग्ने बताए । प्राय: जग्गा आमाको नाममा रहेको हुँदा कुनै पनि जग्गामा नाम नरहेको बताए । उनी यो सबै सम्पत्ति पुर्ख्यौली भएको पनि उल्लेख गरे । मेयर भामले गरेको सार्वजानिक सम्पत्ति विवरणअनुसार तामाका भाँडाकुँडा, हुड्को ताउलो ११ थान , धार्नी, काँसका भाँडाकुँडा २० थान , अन्य सानातिना सामानहरू सय थान र लिउ, गलैँचा समेतका लत्ता कपडा आवश्यकता अनुसार रहेको बताए । कार्यक्रममा जेनजि समुह मुगु जिल्लाका प्रमुख राजेन्द्र शाहिका अनुसार नगरमा भएका विकास अनियमितता बारे ध्यानाकर्षण गरेका थिय ।

Sharing

प्रतिक्रिया दिनुहोस