• २०८३ असार ५ गते शुक्रवार

स्रोत नखुलेको नगदसहित रौतहटबाट एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।   मौलापुर नगरपालिका-३ बाट स्रोत नखुलेको नगद ११ लाख ४७ हजार रूपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-११ भवानीपुर बस्ने ३६ वर्षीय मुन्ना प्रसाद जैसवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र-०३-०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस