• २०८३ असार ४ गते बिहिवार

एमालेको सचिवालय बैठक च्यासलमा शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सचिवालय बैठक बोलाइएको हो ।

शनिबारदेखि हुने पार्टीको ११औं महाधिवेशन अघिको यो अन्तिम सचिवालय बैठक बसेको हो । बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि मनोनीत गर्ने, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको विधि बारे छलफल गर्ने लगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटीले १०८ प्रतिनिधि मनोनित गर्ने बताइएको छ ।

एमालेले केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधनको तयारी गरेको छ । धेरै आकांक्षी देखिएपछि भदौमा सम्पन्न विधान महाधिवेशनले १५ बनाएको पदाधिकारीलाई १९ पुर्याउने र २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउने तयारीमा एमाले रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस