• २०८३ बैशाख २३ गते बुधवार

सुन तोलाको ३५ सयले बढ्यो, चाँदीको मुल्य अहिलेसम्मकै उच्च

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।   नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ३८०५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस