• २०८३ बैशाख ४ गते शुक्रवार

सिंहदरबार जेनजी प्रतिनिधि बाझाबाझ, सरकारसँगको सम्झौता नमान्ने एक पक्षको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं ।  नेपाल सरकार र जेनजी प्रतिनिधि दस्ताबेजमा भएको सम्झौताप्रति जेनजी समुहले नै विरोध गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा भएको कार्यक्रममा जेनजी प्रतिनिधिहरुले सम्झौताको विरोध गरेका हुन् । उनीहरुले चुनाव गराउन मात्र जेनजी आन्दोलन नभएको भन्दै गरिएको कार्यक्रम स्थलमा सम्झौता आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले विद्रोहको म्यान्डेट अनुसार सुशिला कार्की सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कार्यक्रममा सम्झौता कार्यक्रममा सहभागी जेनजी प्रतिनिधिहरु पक्ष विपक्षमा बाझाबाझ गरेका थिए ।

प्रधानमन्त्री कार्कीले कार्यक्रमलाई सम्झौता गर्दै यो सम्झौता माओवादी आन्दोलन जस्तै यो दस्तावेज राजपत्रमा प्रकाशित हुने र यसले आन्दोलनका मागलाई व्यवस्थित गर्ने बताएकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस