• २०८३ बैशाख २८ गते सोमवार

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर २१, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस