• २०८३ असोज १४ गते बुधवार

धोबीखोलामा एक व्यक्ति मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनीसँगै साइकल पनि रहेको छ । मृतकको पहिचान खुल्न बाँकी छ । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं (टेकु)ले बताएको छ ।

“खोलामा साइकलसँगै शव फेला परेको छ । शवलाई बाहिर निकालेर पहिचान गर्ने काम भइरहेको छ,” जिल्ला प्रहरी परिसर काठमाडौं (टेकु)का एसपी पवन भट्टराईले बाह्रखरीसँग भने ।

Sharing

प्रतिक्रिया दिनुहोस