मंसिर १७, काठमाडौं । एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेश प्रदेशकी सांसद कञ्चन बिच्छा पार्टीको सिफारिसमा पदमुक्त भएकी छन् । कञ्चन बिच्छा कात्तिक २४ मा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् ।

तर पार्टीले सरकारमा जान नदिने निर्णय गरेकोमा उनले अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । जवाफ नपुगेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सांसदबाट फिर्ता बोलाउने सिफारिस गरेको थियो।
कार्य परामर्श समितिको सहमति अनुसार बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका कारण पदमुक्तिको सूचना भोलि टाँस गरिनेछ ।