• २०८३ जेष्ठ ४ गते सोमवार

सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेश प्रदेशसभा बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, जनकपुर । मधेश प्रदेशसभा बैठक सत्तापक्षका सांसद उपस्थित नभएपछि स्थगित भएको छ । बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा सत्तापक्षका सांसदहरू बिहान १०:३० बजेसम्म पनि उपस्थित नभएपछि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन आज प्रदेशसभा बैठक बोलाएका थिए ।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । यसै आदेशअनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन प्रदेशसभा बोलाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस