• २०८३ असार १८ गते बिहिवार

कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं ।   नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

पार्टीले पुस २६ देखि २८ गतेसम्म आफ्नो १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा केन्द्रीय सदस्य योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सहभागी हुनेछन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्य तालिकाअनुसार, पुस १२ गतेसम्म सबै तहका प्रतिनिधिहरू केन्द्रमा पुग्ने मिति तय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस