• २०८३ जेष्ठ ७ गते बिहिवार

नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं ।  नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा खेल बराबरीमा सकिएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । यस त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । फिफा महिला फुटबलको वरियतामा नेपाल ८९ औँ स्थानमा रहँदा चाइनिज ताइपे भने ४२ औँ स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस