• २०८३ मङ्सिर ५ गते शुक्रवार

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं ।  सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। क्रेमान्सेको जितमा जेमी भार्डीले दुई गोल गरे। उनले पहिलो हाफको ३५ र दोस्रो हाफको ५० औं मिनेटमा गोल गरेका हुन्। उनी लेस्टर सिटीका पूर्व खेलाडीसमेत हुन्।

खेलको ३१ औं मिनेटमा मार्टिन पायेरोको गोललमा केमोन्सेले अग्रता लिएको थियो। घरेलु टिम बोलोग्नाका लागि खेलको पहिलो हाफको अतिरिक्त समयमा रिकार्डो आरसोलिनीले गोल गरेका थिए।

यो जितसँगै क्रेमोन्सेको १३ खेलबाट १७ अंक बनाएको छ। यो टिम तालिकाको ११ औं स्थानमा छ। लयमा रहेको बोलोग्ना भने हारपछि २४ अंकसहित छैटौं स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस