• २०८३ जेष्ठ ७ गते बिहिवार

बालेनका बुबाको पशुपति आर्यघाटमा अन्त्येष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।   काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का बुबा डा. रामनारायण शाहको अन्त्येष्टि गरिएको छ । सोमबार पशुपति आर्यघाटमा शाहको अन्त्येष्टि गरिएको हो ।

उनको सोमबार बिहान सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पिसाबमा संक्रमण भएपछि उनलाई आइतबार अस्पताल पुर्‍याएर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

पशुपतिमा अन्त्येष्टिमा ठुलो संख्यामा उपस्थिति रहेको थियो । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्तादेखि कलाकार निश्चल बस्नेत, रास्वपाका नेताहरु शाहको अन्त्यष्टिमा सहभागी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस