• २०८३ भाद्र २१ गते आइतवार

बाँकेमा बिरामीको मृत्यु पछी डाक्टरलाई कार्वाहीको माग गर्दै विरोध प्रदर्शन

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार १८, बाँके । नेपालगन्जको वयेष्टन अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको भन्दै आफन्तहरुले आरोप लगाउदै अस्पताल विरुद्ध प्रदर्शन भएको छ । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका हुन ।

पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको १६ गते मंगलवार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो । उहाँको मंगलवार नै मृ’त्यु भएको बताइएको छ । शल्यक्रियापछि १६ घण्टा पुग्दा समेत विरामी होसमा नआएपछि परिवारले विरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दवाव दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएका थिए । मृ’तकका श्रीमान मोहन बुढाथोकीले दवाव दिएपछि मात्र आफुहरुलाई आइसियुमा जान दिएको उहाँले बताउनुभयो । विरामीको अवस्था जटिल देखेपछि उनीहरुले राती नै त्यहाँबाट मेडिकल कलेजमा पुयाएका थिए । तर मेडिकल कलेजले विरामीको पहिल्यै मृ’त्यु भइसकेको जानकारी दियो । नारायणीको डा. कल्पना थापाले शल्यक्रिया गरेको बताइएको छ ।

चिकित्सकहरुको लापरवाहीले विरामीको मृ’त्यु भएको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै कानुनी कारवाही हुनु पर्ने श्रीमानको माग छ । उहाँले अस्पतालमाथि कानुनी उपचार खोजिने बताउनुभयो । पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस