कार्तिक १२, भक्तपुर । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको कार्यालय निर्माणको लागि रु ५० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

आज नेपाल संवत् ११४० को अवसरमा मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै सांसद बस्नेतले क्षेत्र विकास कोष (सांसद विकास कोष)को तर्फबाट प्रतिष्ठानको कार्यालय निर्माणको लागिउक्त रहक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
शंधर साख्वाःले आफ्नो नीजि सम्पतीलाई जनताको ऋण मोचन गर्दै सरकारीकरण गर्दै उहाँको नै नीजि स्वार्थ, अहमता, अवसरवादी चिन्तर, चरित्रजस्ता कुरालाई हटाउने प्रेरणा प्राप्त प्रदान गर्नुभएको उल्लेख गर्दै सांसद बस्नेतले नेपाल सरकार उक्त साख्वाःको हिस्सेदारी हुन आवश्यकता रहेको औल्याउनुभयो । उहाँले नेपाल संम्वतलाई सरकारले सम्मान स्वरुप सार्वजनिक विदा दिएको विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।
प्रतिष्ठानले विशेष गरी वर्तमान समयमा शंखधर संस्कृति पार्क, कार्यालय निर्माण, शंखधरको शालिकलाई देशभर फैलाउने तीन वटा संकल्प लिएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले उक्त तीन कार्यको लागि ९ करोडको मास्टर प्लान बनाएको जसको लागि नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।
दक्षिण वाराहीदेखी नीलवाराहीसम्मको क्षेत्र नेवारी कला र संस्कृतिको विशेष क्षेत्र भएको जानकारी गराउँदै उहाँले भक्तपुरको आर्थिक विकास र समृद्धिको लागि जातीय संगाहलाय र इको पार्क बनाउनु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताउँदै धार्मिक, सांस्कृतिक तथा पौराणीक सम्पदा वस्तीको संरक्षणको निम्ती विशेष योजना तथा बजेटको व्यवस्थापन सरकारले गरेको जानकारी गराउनुभयो ।