• २०८३ बैशाख ७ गते सोमवार

उपप्राध्यापक प्रेम चलाउने रिहा, आजै साँझदेखि आमरण अनशन बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेका त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् । आफूमाथि कुटपिट गर्नेहरुविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधस्वरूप उनी सोमबार जिल्ला अदालत काठमाडौ पुगेका थिए ।

तर चलाउनेलाई प्रहरीले जिल्ला अदालत पुग्ने वित्तिकै नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

रिहा भएका उपप्राध्यापक चलाउने सोमबार साँझ पौने ५ बजेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनशनमा बस्ने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस