• २०८३ जेष्ठ ८ गते शुक्रवार

गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं ।  गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा रु चार करोड ५० लाखको लागतमा १६ कोठाको दुईतले भवन निर्माण थालिएको छ ।

आगामी २०८४ वैशाख १५गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले राससलाई जानकारी दिनुभयो । आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा पालिकालाई कठिनाइ भएको थियो ।

स्थानीय म्यालपोखरी माध्यमिक विद्यालयसँग समन्वय गरी पालिकाको नाममा जग्गा व्यवस्थापन भएपछि भवन निर्माण थालिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस