• २०८३ बैशाख ११ गते शुक्रवार

प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले कार्तिक २९ गते चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगरसहित, मकवानपुरका प्रशान्त सेङतान र राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी लागू औषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी-१३ स्थितबाट २५ किलोग्राम गाँजा सहित इटहरी-१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस