• २०८३ कार्तिक २३ गते आइतवार

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस