• २०८३ बैशाख २१ गते सोमवार

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२ , काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार मानव अधिकार आयोगसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन् ।

उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए । आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस