• २०८३ बैशाख २४ गते बिहिवार

वडाध्यक्ष साहको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
कात्तिक ९, सिरहा। सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिनुभयो ।
नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उहाँको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।
साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस