• २०८३ जेष्ठ १६ गते शनिवार

निश्चल बस्नेत भन्छन्- ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भए सजाय भोग्न तयार छु, छनबिन होस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, काठमाडौं । कलाकार तथा निर्देशक निश्चल बस्नेतले आफुले आन्दोलनका क्रममा कतिपनि ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमा निश्चल बस्नेत आन्दोलनमा गएको भिडियो सामाजिक सञ्जालमा ट्रोल गरिएपछि यस्तो चुनौती दिएका हुन् ।

उनले आफु आन्दोलनमा गएको, भ्रष्टाचारको विरोध गरेको र आफुसँग फोटो-भिडियो खिच्न आउनेहरुसँग खिचेको बताउदै आफूमाथि छानबिन गर्न समेत आग्रह गरेका छन् ।

निश्चलले भनेका छन्:
मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएं स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथी छानबिन गर्न आग्रह गर्दछु ।

म आन्दोलनमा गएको हो ? हो ! भ्रष्टाचारको बिरोध गरेको हो ? हो ! मसंग फोटो भिडियो खिच्न दाजुभाई दिदिबहिनी आएका हुन? हो ! भिडियोको माथि आफु अनुकुल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस