• २०८३ जेष्ठ २९ गते शुक्रवार

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु, २ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९,  चितवन । चितवनको रत्ननगर नगरपालिका-१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बुधबार बिहान उद्योगभित्रको १० इन्च बाक्लो इँटाको पार्टिसन पर्खाल अचानक भत्किँदा मजदुरहरू माटो र इँटामुनि पुरिँदा घाइते भएका थिए । घाइते मजदुरहरूलाई तत्कालै उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा खैरहनी नगरपालिका-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर-१२ बस्ने ५४ वर्षीय रेशम दराई र त्यही वडाका ४५ वर्षीय कमल गुरुङ रहेका छन् । घाइते हुनेमा पर्सा जिल्ला घर भई रत्ननगर-१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारु रहेका छन् । उनीहरू दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उद्योगभित्र निर्माण गरिएको पर्खाल अचानक ढलेपछि दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस