बैशाख २५, काठमाडौं । संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो।

चन्द्रागिरि १२ हरियालीमा रहेको घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ। उहाँलाई अचानक अक्सिजनको कमि भएपछि अस्पताल लैजान एम्बुलेन्स बोलाउँदा समयमै एम्बुलेन्स उपलब्ध नहुनु र आएको एम्बुलेन्समा पनि अक्सिजन नहुदाँ उहाको अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।
वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीको स्वाब संकलन गरिएको थियो।