• २०८३ जेष्ठ ८ गते शुक्रवार

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको क्लीन स्वीप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । युएईको आबुधाबीमा गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई २०० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको २९४ रनको लक्ष्य पछाएको बंगलादेश २७.१ ओभरमा केवल ९३ रन बनाएर अलआउट भएको थियो ।

बंगलादेशको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अफगानिस्तानका बलर बिलाल सामीले ५ विकेट लिए भने रशिद खानले ३ विकेट लिए । त्यस्तै बंगलादेशका लागि केवल सैफ हसनले ४३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २९३ रन बनाएको थियो ।

अफगानिस्तानले यस सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेल ८१ रनले जितेको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एक्दिवासिय सिरिज ३-० ले जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस