• २०८३ बैशाख १६ गते बुधवार

नेपाली सडकमा नामीका हजार बढी गाडी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ । यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

एलिस रिसेप्सनमा सम्पन्न केक काट्ने कार्यक्रममा मिडिया, आगन्तुकहरू र एमएडब्लू वृद्धि नेतृत्वको उपस्थिति थियो। कार्यक्रममा एमएडब्लूका वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदारहरूको उपस्थिति रहेको थियो ।

नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो । यो गाडीले नेपालको ईभी बजारमा उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो । यसमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट-फर्स्ट फिचरहरूका साथै लेभल २एडीएएस, वायरलेस चार्जिंग र भेन्टिलेटेड सीटहरू जस्ता सेगमेन्टमै अत्याधुनिक प्रविधिहरू रहेका छन्।

कार्यक्रममा बोल्दै, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘ग्राहकहरू नामीलाई यस कारण मन पराउँछन् कि यसले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन गरेको छ। यसले आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढी अनुभव पनि प्रदान गर्छ।’

Sharing

प्रतिक्रिया दिनुहोस