• २०८३ बैशाख ३१ गते बिहिवार

जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, काठमाडौं । काठमाडौंको जडीबुटी क्षेत्रमा गएराति टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा प्र ०१-००४ क ५३६२ नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ घर भएका ३७ वर्षीय दिनेश थापा रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस