• २०८३ जेष्ठ ५ गते मङ्गलवार

रौतहटमा बाढीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, रौतहट । गौर नगरपालिकामा सोमबार बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। गौर-१ स्थित सीमा क्षेत्र नजिकै राजदेवी नगरपालिका-८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।

उनीहरू सात जनाको समूहमा गौरतर्फ घाँस लिन आएका थिए ।

डुबेका मध्ये चार जनालाई स्थानीयले उद्धार गरेका थिए भने तीन बालिकाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेर फेला पारेको छ। घटनास्थलमा थप खोजी कार्य जारी रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस