• २०८३ बैशाख २२ गते मङ्गलवार

सुहाङले दोहोराए इलामलाई तत्काल विपदग्रस्त क्षेत्र घोषणाको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, इलाम । निवर्तमान सांसद सुहाङ नेम्वाङ बाढी पहिरोको इपिसेन्टर रहेको इलामका विभिन्न स्थानमा पुगेका छन् । सुहाङले इलाम नगरपालिकाको राज दुवाली, बालन गाउँ, घोष लगायतका स्थानमा पुगेर स्थानीयसँग छलफल र बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गरेका छन् ।

उनले विपद पिडित क्षेत्र ईलाममा मेची राजमार्गको राजदुवाली खण्डमा यातायात अबरूद्ध भएपछि इलाम सदरमुकामसहित पश्चिमि क्षेत्रमा खाद्यान्न र इन्धन अभाव हुन थालेकाले तत्काल आपूर्तिका लागि सरकारको गृह मन्त्रालयलगायतका निकायमा ताकेता समेत गरेका छन् ।

उनले फोन गरेर नै सम्बन्धित अधिकारीलाई इलामको अवस्थाको जानकारी गराउदै विपदग्रस्त क्षेत्र घोषणाको तत्काल प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस