• २०८३ जेष्ठ ४ गते सोमवार

आजको मौसम : मेघ गर्जन र चट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : २ मिनेट

भाद्र ८, काठमाडौं । आज आईतबार दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।पश्चिमी भू-भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण
मनसुनको न्यून चापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको छ। साथै बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली रहेको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भईरहेको छ भने पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदलीको अबस्था छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।यी स्थानमा यात्रा गर्नुहुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस