• २०८३ जेष्ठ २४ गते आइतवार

माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २३, काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेनजीमाथि धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका डा. निकोलस भुसालसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। यसअघि काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न भनेको थियो। तर माइतीघर क्षेत्रमा डा. भुसाल नेतृत्वको समूहले आज प्रदर्शन गर्ने जनाएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस