• २०८३ जेष्ठ ३ गते आइतवार

एमाले नेता महेश बस्नेतसँग साइबर ब्युरोले गरायो बयान कागज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौं । एमाले नेता महेश बस्नेतसँग साइबर ब्युरोले बयान कागज गराएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै एक महिलाले बस्नेतविरुद्ध साइबर ब्युरोमा जाहेरी दिएपछि उनलाई बयानका लागि ब्युरोले बोलाएको थियो । ब्युरोले बोलाएपछि बस्नेत आज बुधबार बिहान १० बजे नै बयान दिन पुगेका थिए ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, अब प्रमाण जुटाएपछि मात्रै उनीविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुने छ ।

‘सरकारी वकिल कार्यालयले थप प्रमाण जुटाएपछि मात्रै आरोप दर्ता हुने भनेपछि हामीले बस्नेतलाई बयान कागज गराउन झिकाएका हौँ, पहिला प्रमाण जुटाएपछि मात्रै उहाँविरुद्ध विद्युतीय (साइबर) कसुरमा अभियोग दर्ता हुन्छ,’ प्रहरी उपरीक्षक अवस्थीले भने ।

यसअघि मंगलबार प्रहरीले बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन काठमाडौं जिल्ला अदालतसँग माग गरेको थियो । तर, अदालतले तत्काल पक्राउ पुर्जी दिन इन्कार गर्दै थप प्रमाण पेस गर्न आदेश गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस