• २०८३ जेष्ठ २७ गते बुधवार

करेन्ट लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, सियोल ।  कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए । काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस