• २०८३ असार १२ गते शुक्रवार

हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित पछि म्यानचेस्टर सिटीको ७ खेलमा १३ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको भने ७ खेलमा ७ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस