• २०८३ बैशाख २० गते आइतवार

मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो हटाएसँगै सवारी आवागमन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलाको सडक एकतर्फी बनेको छ। शनिबार बिहानै पहिरो झरेको हो। सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा अहिले पनि पानी परिरहेको छ

पानी परिरहेको र यस खण्डमा पहिरोको जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस