• २०८३ जेष्ठ २१ गते बिहिवार

जीवित देवीबाट टीका लगाइँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, भक्तपुर। भक्तपुरको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीबाट स्थानीयले टीका लगाएका छन् । साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका छन् ।

तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार आफूहरूले जीवित देवीबाट टीका लगाएपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । अहिले स्थानीय बालकदेखि वृद्धसम्मले टीका लगाइरहेका छन् ।

यसैबीच, फूलपातीका दिन दसैंँघरमा ल्याइएका तलेजु भवानीसहितका देवीदेवताका प्रतिमालाई पुजारीहरूले देवगृहमा स्थापित गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस