• २०८३ बैशाख २६ गते शनिवार

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ । सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ। कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस