• २०८३ जेष्ठ १६ गते शनिवार

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौँ । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो काठमाडौँमा प्रदर्शन गर्ने क्रममा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो पनि लिपुलेक अतिक्रमण विरूद्ध उत्रिएका युवा नेताहरुलाई प्रहरीद्वारा पक्राउ गरेको थियो । देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस