• २०८३ असार १० गते बुधवार

एमाले नेतृ उषा किरणको माग- निशर्त: पुस्तान्तरण र हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषा किरण तिम्सिनाले ‘नि: शर्त पुस्तान्तरण’ गर्न नेतृत्वसँग माग गरेकी छन् । बुधबार सामाजिक सञ्जालमा तिम्सिनाले ‘ निशर्त: पुस्तान्तरण र हस्तान्तरण’ लेखिएको प्लेकार्डसहितको तस्बिर राख्दै पार्टी नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिएकी हुन् ।

तिम्सिनाले पछिल्लो समयमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिँदै आएकी छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गरिदिने निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि उनलाई पार्टीले कारवाही समेत गरेको थियो ।

अहिले जेनजी आन्दोलनपछी सबै दलका नेतृत्वलाई छोड्न दबाब सिर्जना भइरहेका बेला उनले फेरी नेतृत्वमाथि दबाब दिएकी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस