• २०८३ जेष्ठ २ गते शनिवार

पार्टी नेतृत्वलाई गोकुल बास्कोटाको कटाक्ष- सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १, काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई जबज अनुरुप हिडाउन नेतृत्वलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सबै रोगको एउटै ओखती सिफारिस गरिरहेको टिप्पणी गर्दै आफ्टर सक्डको प्रतिक्षामा जुजुमान भैरहने की जवज अनुरुप हिड्ने ? भन्दै प्रश्न गरेका छन् ।

जसले २०७८ पछि छदै नभएको गुट देशभरी कागति निचोरेर दुध फटाए झै बनाए, विधान हैन आदेश चलाए, तिनले एकताको मर्म बुझ्नु राम्रो हो । पत्याउन यसर्थ कठिन छ कि रोग फरक छ- तर तिनीहरु अझै वेपर्वाह सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन । आफ्टर सक्डको प्रतिक्षामा म जुजुमान भैरहने कि जवज अनुरुप हिड्ने ?

Sharing

प्रतिक्रिया दिनुहोस