भदौ २९, काठमाडौं । रियल म्याड्रिडले यस सिजनको ला लिगामा लगातार चौथो खेल जितेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र अर्दा गुलेरले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल फर्काएका थिए । यस खेलमा खेलको ३२औं मिनेटमा डीन हुइजसेनले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियल म्याड्रिडको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै रियल सोसियडाडले भने यस सिजनमा खेल जित्न सकेको छैन । सोसियडाडले ४ खेलमा २ बराबरी र २ खेलमा हार बेहोरेको छ ।