• २०८३ जेष्ठ २७ गते बुधवार

भारतको चाहनामा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने पहल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेपालको वर्तमान राजनीतिक अस्थिरताबीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने पहल तीव्र बनेको छ। उच्च स्रोतका अनुसार भारतको चासो र जोडबलमा कार्कीलाई सरकार प्रमुख बनाउन सेनालाई दबाब बढिरहेको छ।

भारतसँग निकट सम्बन्ध भएकि कार्की भारतिय संचारमाध्यममा अन्तर्वार्ता दिईरहँदा नेपाली संचारमाध्यममा भने अन्तर्वार्ता दिन इन्कार गरिरहेकी थिइन्। सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन भारतले जेन-जीका केहि नेतृत्वलाई निरन्तर आफ्नो प्रभावमा पारिरहेको स्रोतले जनाएको छ।
देशमा जेन–जि पुस्ताको आन्दोलनले राजनीतिक अनिश्चितता बढाइरहेका बेला छिमेकी मुलुक भारतले नेपालको आन्तरिक राजनीतिमा ठाडो हस्तक्षेप गरिरहेको छ। जसमा सुशिला कार्कीलाई जसरी पनि अन्तरिम सरकार प्रमुख बनाएर आफ्नो स्वार्थपुर्तीमा लागेको छ।

यता, नेपालभित्रै पनि यसबारे विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले कार्कीको नेतृत्वको पक्षमा समर्थन जनाइरहेका छन् भने भारतिय स्वार्थमा सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन लागिएको भन्दै चर्को विरोध समेत सुरु भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस