• २०८३ जेष्ठ २० गते बुधवार

माधव नेपाललाई कार्यदलले बुझायो १० बुँदे सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । आज कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस