• २०८३ जेष्ठ १ गते शुक्रवार

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १७,रुपन्देही । बुटवलको नयाँगाउँमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुटवल–३ गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नंको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका अधिकारीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस