• २०८३ बैशाख २१ गते सोमवार

पोखरा महानगरको कार्यालयमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, पोखरा । जेनजी आन्दोलनमा सहभागी युवाहरुले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन् । महानगरको कम्पाउण्डभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ भने सवारीसाधन तोडफोड गरिएको छ । अहिले महानगर क्षेत्र तनावपूर्ण बनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस