• २०८३ बैशाख ११ गते शुक्रवार

एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं ।नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ ।

दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस