• २०८३ जेष्ठ ३ गते आइतवार

बेइजिङ पुगे प्रधानमन्त्री ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनबाट बेइजिङ पुगेका छन्। तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट बेइजिङ पुगेको हो ।

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस