• २०८३ बैशाख ३० गते बुधवार

साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा भुटानसँग बराबरी खेल्यो नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । आइतबार सम्पन्न खेलमा नेपाल र भुटान १-१ गोलको बराबरी खेलेका हुन् ।

यो खेलपछि नेपालले ६ खेलमा एक जित र एक बराबरीसहित ४ अंक बटुलेर नेपाल तेस्रो हुदै प्रतियोगिताको अन्त्य गरेको छ ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो । त्यस्तै पाँचौं खेलमा भारतसँग ५-० ले हार बेहोरेको थियो ।

त्यस्तै प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस