भदौ १५, काठमाडौं । आसाम राज्य टिमले नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । सिरिजको चौथो खेलमा आज टस जितेर पहिला ब्याटिंग गरेको आसामले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो । आसामका लागि सुमित घडीगावकरले सर्बाधिक ७० रन बनाए भने ऋषिकेश तामोलीले ४५ र निहार देकाले ३७ रन बनाएका थिए ।

त्यस्तै नेपाल ए टिमका बलर आकाश चन्दले २ तथा अहमद बसिरले एक विकेट लिएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा नेपाल ए २-१ ले अगाडी रहेको छ ।